Shankharapur Khabar

साँखु

काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक नगरी शंखरापुर अर्थात साँखुमा पनि यस वर्षको गाइजात्रा हर्ष र उल्लासका साथ मनाइएको छ। विशेश गरि नेवार समुदायले मनाउने गाइजात्रामा साँखु वरपरका सबै समुदायको उल्लेख्निय सहभागिता रहेको थियो। काठमाण्डौ उपत्यकाको अन्य स्थानमा जस्तै शंखरापुरमा पनि गाइजात्रा भदै क्रष्ण प्रतिपदा अर्थाद गाइजात्राको दिन सुरु भई श्री कृष्ण जन्माष्टमीको दिन समाप्त हुने गर्दछ। बर्ष भरि अर्तात अघिल्लो गाइजात्रा देखि १ वर्षको अवधिमा आफ्नो परिवारको सदस्य गुमाएका सोकाकुल परिवारलाई सोक बाट बाहिरिन सहयोग गर्न गाइजात्रा मनाइने ऐतिहासिक विश्वास रहेको छ र यसै विश्वास र प्रचलनका साथ प्रिय जन गुमाएका परिवारले गाईलाई सजाई गाईलाई टोल तथा नगर परिक्रमा गराउने भएको हुँदा यस पर्वको नाम गाइजात्रा रहन गएको हो।  सोकाकुल परिवारको दुख र पिर भुलाउन सहयोग गर्नको निम्ति व्यंग्य र मनोरञ्जन मिसिएको यो पर्व नेवार समुदायको जीवनशैली र संस्कृतिको महत्वपूर्ण अंश पनि मानिन्छ।

ऐतिहासिक दस्ताबेज अनुसार गाइजात्रा १७औँ शताब्दीमा राजा प्रताप मल्लको पालामा सुरु भएको मानिन्छ। राजकुमार गुमाएर शोकग्रस्त रानीलाई पुत्र सोक पिडा कम गराउनको लागि नगरका सबै मृतक परिवारलाई सहभागी गराई गाईको रथ यात्रा निकाल्नको लागि आदेश दिइएको थियो। त्यसपछि मृत्युलाई सामाजिक रूपमा स्वीकार गर्न गाइजात्राले प्रेरित गर्दछ।  

साँखुमा गाइजात्रा विशेष रंगीन झाँकी, नाचगान, व्यंग्यात्मक प्रहसन र स्थानीय गुठीको सहभागितासहित मनाइन्छ। मृतकको सम्झनामा निस्कने गाई वा त्यसको प्रतीक वेशभूषा, स्थानीय युवाहरूको प्रस्तुतिका कारण यो दिन साँखु विशेष रमाइलो हुने गर्दछ। यही गाईजात्रा सप्ताहको एकदिनमा रोपाई जात्रा पनि मनाइने गरिन्छ। यसरी साँखुमा मनाइने गाइजात्रा परम्परा र आधुनिकतालाई जोड्ने अद्वितीय सांस्कृतिक सम्पदा बनेको छ, जसले सांस्कृतिक पर्यटनको सम्भावनासमेत बोकेको छ।

आजको परिप्रेक्ष्यमा गाइजात्रा केवल मृतक सम्झना गर्ने पर्व मात्र नभई सामाजिक व्यंग्य र चेतना जगाउने अवसर बनेको छ। स्थानीय कलाकार र युवाहरूले राजनीति, सामाजिक विसंगति र सांस्कृतिक विचलनमाथि व्यंग्य प्रस्तुत गर्दै समाजलाई सचेत गराउने गरेका छन्। गाइजात्रा जुन केवल सोकाकुल परिवारलालाई सोक मुक्त बनाउने एउटा प्रयास र मृत्युलाई स्विकार्न सहयोग गर्ने सांस्कृतिक माध्य मात्र रहेको थियो, यही प्रचल हालको समयमा व्यङ्गमा केन्द्रित भयो र मान्छेलाई हसाउन र सामाजिक तथा राजनातिक समस्याहरुमा व्यङ्गात्मक टिप्पणी गर्ने प्रचलन चल्यो र गाइजात्राको समय पारेर व्यङ्गात्मक प्रहसन वाचन तथा प्रकाशनको थालनी भयो। जात्रा नेवार समुदायमा मात्र सिमित भएता पनि गाइजात्रा एउटा व्यङ्गको पर्वको रुपमा हास्य कलाकारहरुमाझ एकदमै प्रख्यात रहेको छ र यसै अवसरमा महिनौ सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ।
आशा गरौ यस्तै किसिमको कृयाकलाप हाम्रो साँखुमा पनि भविश्यमा हुनेछ।

फोटोहरु सबै बद्री मानान्धर https://www.facebook.com/badri.manandhar.2025 को फेसबुक बाट साभार गरिएको हो। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.